मञ्च प्रदर्शन–२०८३ शुभारम्भ

मञ्च प्रदर्शन–२०८३ शुभारम्भ


२१ श्रावण २०८३ / जमल, काठमाडौँ

764625465_1353563753619455_2387394409738291983_n.jpg


सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमल, काठमाडौँको आयोजनामा मञ्च प्रदर्शन कार्यक्रम–२०८३ को सुरुवात आजबाट भएको छ । सिर्जनशील सीप मार्फत शिक्षालाई व्यावहारिक बनाउने उदेश्यका साथ सञ्चालित कला प्रशिक्षण कार्यक्रम अन्तर्गत ३६ औं समूहका प्रशिक्षाथीहरुले संस्थानको मिनीहलमा आज बिहान ८ बजे देखि भएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनज्यूको सभाध्यक्षतामा सुरुवात भएको कार्यक्रममा संस्थानमा भर्ना भएका ३६औं समूहका प्रशिक्षार्थीहरुले आज बाँसुरी, मादल र गायन विद्याको प्रस्तुती राखेका थिए । कार्यक्रममा संस्थानका कार्यक्रम तथा योजना शाखा प्रमुख रेखा कुमारी कटुवाल श्रेष्ठ, कार्यक्रम शाखाका रोहित सुवेदी, गायन शाखाका प्रमुख तिर्थराज पोख्रेल, दिपेन्द्र बज्राचार्य, शिला विष्ट, विपिन घिमिरे, राधिका घिमिरे त्यसै गरि वाद्यवाद्यन शाखा प्रमुख दुर्गा प्रसाद खतिवडा, नरेश प्रजापति, सितामैया राजचल र सुक्रिमाया मोक्तानको सहभागितामा भएको हो ।
कार्यक्रम श्रावण २३ गते सम्म ३६औं समूहका प्रशिक्षर्थीहरुले गायन, नृत्य, वाद्यवाद्यन, नाटक तथा प्राविधिक विद्याका प्रशिक्षार्थीहरुको हरेक दिन विहान ८ बजे देखि प्रस्तुति रहनेछ ।

04.jpg05.jpg01.jpg03.jpg02.jpg

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij