पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव र सांस्कृतिक संस्थानका महाप्रबन्धक बीच शिष्टाचार भेटघाट सम्पन्न

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव र सांस्कृतिक संस्थानका महाप्रबन्धक बीच शिष्टाचार भेटघाट सम्पन्न


 

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव र सांस्कृतिक संस्थानका महाप्रबन्धक बीच शिष्टाचार भेटघाट सम्पन्न 

२७ साउन २०८३ काठमाडौँ ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू र पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव श्री तीर्थ प्रसाद श्रेष्ठ ज्यू बीच संवत् २०८३ साल साउन २७ गतेका दिन शिष्टाचार भेटघाट सम्पन्न भएको छ । 

IMG-20260812-WA0025.jpg

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायद्वय पशुपति क्षेत्र विकास कोष र सांस्कृतिक संस्थान बीच G to G प्रणाली मार्फत सहकार्यमा गर्न सकिने नीति तथा कार्यक्रम विषयक विशेष छलफल गरिएको छ । साथै, नेपाल सरकारको गौरवको योजना आरोग्य पर्यटन (Wellness Tourism) वर्ष २०२७ लाई प्रभावकारी ढंगले मनाउनका लागि नेपाल जस्तो प्रकृति र संस्कृतिको धनी राष्ट्रका साथै, दर्शन, योग, ध्यान र आयुर्वेदको उद्गम थलोमा शारीरिक स्वस्थता, मानसिक स्वस्थता तथा आध्यात्मिक आनन्दानुभूति प्रदान गर्न धार्मिक तथा सांस्कृतिक पक्षको महत्त्व बारे छलफल गरिएको छ । छलफलमा विविधतायुक्त नेपालको विशेषतालाई आत्मसात् गरी आरोग्य पर्यटनको मूल स्रोतको रूपमा धार्मिक तथा सांस्कृतिक पक्षलाई जोड दिनुपर्ने आवश्यकता बारे छलफल गरिएको छ । कोषका नवनियुक्त सदस्य सचिव ज्यू, कोषाध्यक्ष मिका कुमारी श्रेष्ठ ज्यू र सदस्य गंगा सागर बानियाँज्यूलाई संस्थानका महाप्रबन्धकज्यूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । छलफलमा दुबै निकायका सचिवालय प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

1786515398715.jpg

IMG-20260812-WA0029.jpg

IMG-20260812-WA0026.jpg

IMG-20260812-WA0027.jpg

IMG-20260812-WA0032.jpg

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij