सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच Book Free Friday सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच Book Free Friday सम्बन्धी छलफल कार्यक्रम सम्पन्न


 

सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिका बीच Book Free Friday सम्बन्धी छलफल कार्यक्रम सम्पन्न 


२९ साउन २०८३ काठमाडौँ । 

काठमाडौँ महानगरपालिकाको गौरवको योजना अन्तर्गत “गरी खाने शिक्षा, महानगरको इच्छा” श्लोकनका साथ सामुदायिक विद्यालयमा पुस्तकरहित शुक्रबार (Book Free Friday) अन्तर्गत सङ्गीत (गायन, वादन र नृत्य) तथा नाटक सम्बन्धी प्रशिक्षण क्रियाकलापलाई आ.व.२०८३/८४ मा प्रभावकारी ढंगले सञ्चालन गर्न संवत् २०८३ साल साउन २९ गते प्रारम्भिक छलफल सम्पन्न गरिएको छ । 

IMG-20260814-WA0039.jpg
तत्कालीन महानगर प्रमुख तथा वर्तमान सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ज्यूको अवधारणामा बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यका साथ सुरुवात गरिएको गौरवको योजना सामुदायिक विद्यालयमा पुस्तकरहित शुक्रबार (Book Free Friday) अन्तर्गत सङ्गीत (गायन, वादन र नृत्य) तथा नाटक सम्बन्धी प्रशिक्षण क्रियाकलापलाई प्रभावकारी ढंगले कार्यसम्पादन गर्न सांस्कृतिक संस्थान र काठमाडौँ महानगरपालिकाको सहकार्यमा G to G प्रणालीमा आ.व.२०८१/८२ देखि सञ्चालनमा ल्याइएको हो ।

IMG-20260814-WA0027.jpg

छलफलमा संस्थानको तर्फबाट महाप्रबन्धक श्री किरण बाबु पुन ज्यू, लेखा अधिकृत श्री प्रेम ध्वज जिसी ज्यू, कलाकार श्री रोहित सुवेदी ज्यू र कामनपाको तर्फबाट शिक्षा विभाग प्रमुख श्री नमराज ढकाल ज्यू, सहरी योजना आयोग विज्ञ सदस्य श्री पुरुषोत्तम महत ज्यू, वरिष्ठ शाखा अधिकृत श्री सुशिल सुवेदी ज्यू, वरिष्ठ विद्यालय निरीक्षकद्वय श्री लक्ष्मी पौडेल ज्यू र विनिता महतज्यूको उपस्थितिमा सो छलफल सम्पन्न गरिएको हो । कार्यक्रमलाई विगतभन्दा झनै प्रभावकारी ढंगले अगाडि बढाउने दुबै पक्ष बीच प्रतिबद्धता भएको छ । 

 

IMG-20260814-WA0036.jpg

IMG-20260814-WA0035.jpg

IMG-20260814-WA0042.jpgIMG-20260814-WA0041.jpgIMG-20260814-WA0037.jpgIMG-20260814-WA0029.jpgIMG-20260814-WA0040.jpgIMG-20260814-WA0032.jpgIMG-20260814-WA0034.jpgIMG-20260814-WA0031.jpgIMG-20260814-WA0030.jpgIMG-20260814-WA0027 (1).jpg

 

 

 

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij