सांस्कृतिक संस्थानले अन्तर निकाय तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने

सांस्कृतिक संस्थानले अन्तर निकाय तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने


३ भाद्र २०८३ / काठमाडौँ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सजीव कला प्रदर्शनी सम्बन्धि एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) द्वारा हरितालिका तीज–२०८३ को अवसरमा अन्तर निकाय तीज गीत तथा नृत्य प्रतियोगिता एवं तीज उत्सव–२०८३ आयोजना गर्ने भएको छ ।

15.jpg
२०८२ सालको तीज नृत्य तथा गीत प्रतियोगिता उत्सवको तस्वीर

 

नेपाली लोक कला संरक्षण, संवर्ध्दन, प्रवर्ध्दन तथा पुस्तान्तरणका लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गरि संस्थानले यो प्रतियोगिता आयोजना गर्दैछ । सोहि कममा नेपाली हिन्दु नारिहरुको महान् पर्व हरितालिका तीज २०८३ को शुभ अवसरमा यहि भाद्र २५ गतेका दिन सांस्कृतिक संस्थानको मेगा प्रेक्षालय, जमल, काठमाडौँमा प्रतियोगिता हुने भएकोछ ।

17.jpg

 

विशेष गरि तीज पर्वको महत्व र यसको सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई जिवन्त राखको निम्ति सरकारी निकाय बाट नै सुरुवात गर्ने उद्देश्य राखि सांस्कृतिक संस्थानले विगत ३ वर्षदेखि नेपाल सरकारको माताहतमा रहेका विभिन्न सरकारी निकायहरुमा कार्यरत महिला कर्मचारीहरुको बिचमा आपसि सम्बन्ध कायम गर्दै संस्कृतिको जगेर्ना गर्ने मूल उद्देश्य राखि "अन्तर निकाय तीज गीत तथा नृत्य प्रतियोगिता एवं तीज उत्सव-२०८३" यस वर्ष पनि भव्य रुपमा गरिने भएको छ ।

28.jpg

 

प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार रु. ४० हजार तथा प्रमाण-पत्र, द्वितिय हुनेले नगद पुरस्कार रु.३० हजार तथा प्रमाण-पत्र, तृतिय हुनेले नगद पुरस्कार रु.२० हजार तथा प्रमाण-पत्र र चतुर्थ हुनेले सान्त्वना स्वरुप नगद पुरस्कार रु.१० हजार तथा प्रमाण-पत्र पाउनेछन साथै सहभागि संस्था तथा समूहलाई प्रमाण-पत्र र मायाको चिनो प्रदान गरिने छ । प्रतियोगितामा भाग लिने संस्था वा समूहले प्रतियोगितामा सहभागि हुन प्रवेश शुल्क बापत रु. ५,०००।- (अक्षरेपी पाँच हजार रुपैयाँ) बुझाउनु पर्ने छ । प्रस्तुतिको समय घटिमा ५ देखि बढिमा ७ मिनेटको हुनुपर्ने छ ।

24.jpg

 

एउटा समूहमा गायन र नृत्यमा गरि घटिमा ८ जनादेखि बढीमा १६ जनासम्म सहभागि हुन सकिने छ । तीज पर्वको ऐतिहासिकता, मौलिकता, महिमा ,महत्व र मर्म नमर्ने गरि तीज गीत रचना गरि तीजकै लयमा आफै गीत गाउने र सोहि गीतमा नृत्य प्रस्तुत् गर्नुपर्ने छ। पहिरनमा एकरुपता संगै परम्परागत पहिरनलाई प्राथमिकता दिईने छ । सम्बन्धित संस्थामा कार्यरत कर्मचारी बाहेक बाहिरबाट सहभागि गराउन पाइने छैन । प्रतियोगितामा सहभागि हुने सबैको परिचय पत्रको प्रतिलिपि अनिवार्य पेस गर्नु पर्ने छ । प्रतियोगोतामा सहभागि हुने संस्था वा समूहले भाद्र १६ गते मंगलबार सम्ममा सांस्कृतिक संस्थानमा समूह दर्ता गरिसक्नु पर्ने छ । वाद्यवादन कलाकार र बाजागाजाको व्यवस्था सांस्कृतिक संस्थानले नै गर्ने छ ।

12.jpg

 

सहभागि समुहलाई भाद्र २१ र २२ गते समय तालीका बनाइ सांस्कृतिक संस्थानमा अभ्यासमा बोलाइने छ । सोहि बमोजिम आ-आफ्नो समयमा उपस्थित हुनुपर्ने छ । प्रस्तुतिमा गीतको शब्द, पहिरन, गायन तथा नृत्य (समग्र प्रस्तुतिलाई) निर्णयको आधार बनाईने छ । दर्ता शुल्क सांस्कृतिक संस्थान परिसरमा रहेको एभरेष्ट बैंक लिमिटेड जमल शाखा खातावालाको नाम :- SANSKRITIK SANSTHAN (सांस्कृतिक संस्थान ) A/C No :- 10200105200013 मा जम्मा गरि सो को भौचर बुझाउनु पर्ने छ।

 

31.jpg

 

बुझाउनु पर्ने कागजातहरू

१. सहभागिताको निम्ति संस्थाको चिठ्ठी

२. सहभागि हुने कर्मचारीहरुको नाम (नागरिकता बमोजिम)

३. सहभागिहरुको परिचय पत्रको प्रतिलिपि

४. गीतको शव्दको प्रतिलिपि

५. दर्ता शुल्क बुझाएको भौचर

 

13.jpg

 

थप जानकारी वा केहि जिज्ञासा भएमा संस्थानले बनाएको WhatsApp ग्रुपमा राखुहुन वा सम्पर्कको लागि ०१-५३२४७६० / कार्यक्रम तथा योजना शाखाका उपप्रमुख रोहित सुवेदी (९८५१०८४५०१) मा सम्पर्क गर्न सक्नुहुनेछ ।

© 2026 All right reserved to sanskritiksansthan.gov.np  | Site By : Sobij